प्रदेश प्रमुखको कार्यालयको परिचय

प्रदेश नं ३ अन्तर्गत संघिय राजधानी लगायत काठमाडौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, धादिङ, रामेछाप, सिन्धुली, काभ्रे, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक र रसुवा गरी १३ जिल्ला पर्दछन् । यो प्रदेशको क्षेत्रफल २१,३०० वर्ग किलो मिटर रहेको छ । नेपालको कूल भूभागको १४ प्रतिशत यस प्रदेशले ‌ओगटेको छ । जनसंख्याको हिसाले सबै भन्दा ठूलो प्रदेश जहा २०६८ को जनगणना अनुसार ५५,२९,४५२ रहेको छ जुन नेपाल राज्यको कूल जनसंख्याको २०.८७ हुन आउछ । त्यस्तै जनधनत्व ७५४ वर्ग किलो मिटर रहेको छ ।

जन प्रतिनिधिको रुपमा प्रतिनिधी सभामा ३३, राष्टिय सभामा ८, र प्रदेश सभामा ११० निर्वाचित प्रतिनिधिहरु रहेका छन् । यो प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौडामा रहेको छ । यो प्रदेश सातवटा प्रदेश मध्ये आर्थिक, राजनैतिक तथा सामाजिक विकास निर्माणको दृष्टिकोणले सबैभन्दा समृद्ध प्रदेश रहेको छ । यस प्रदेशको प्रदेश प्रमुखको रुपमा नेपालको संविधानको धारा १६३ () बमोजिम सम्मानीय राष्ट्पतिबाट माननीय अनुराधा कोइरालालाई मिति २०७४ माघ ५ गते नियुत्ति गरिएको हो ।